तीन प्रदेशमा वर्षाको सम्भावना

दार्चुलाको दुहुँ :  अध्यक्षमा एमाले  उपाध्यक्षमा गठबन्धन निर्वाचित

दार्चुला । दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित हुनुभएको छ ।

 पालिका उपाध्यक्षमा भने गठबन्धनबाट उठेकी कांग्रेसकी उम्मेदवार विजयी हुनुभएको छ । 
अध्यक्षमा एमालेका उम्मेदवार नरेन्द्रबहादुर बडाल कांग्रेसका पुलेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।  एमालेका बडालले दुई हजार ८ सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा निवर्तमान गाउँपालिका अध्यक्ष कांग्रेसका कार्कीले २ हजार ७ सय ९६ मत प्राप्त गर्नुभयो । कार्की कांग्रेसका जिल्ला कार्यसमिति सचिवसमेत हुनुहुन्छ । 

कार्कीले २०७४ को स्थानीय तह निर्वाचनमा बडाललाई पराजित गर्नुभएको थियो । पालिका उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट उठेकी कांग्रेसकी शान्ति बम विजयी बन्नुभएको छ । दुई हजार ८ सय ४२ मत प्राप्त गरी बम विजयी बन्नुभएको हो । उहाँकी प्रतिद्वन्द्वी एमालेकी ताराकेशरीदेवि कुँवरले दुई हजार ८ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : ४५ बजे