तीन प्रदेशमा वर्षाको सम्भावना

एमाले उम्मेदवार जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

सर्लाही –  नेकपा एमालेका उम्मेदवार जितेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन नगरपालिकामा चक्काजाम गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की १ मतले विजयी भएपछि कांग्रेस कार्यकर्ताहरुले पुनः मतगणनाको माग गर्दै  चक्काजाम गरेका हुन् । हरिवन नगरपालिकाको वडा नम्बर ७ का कांग्रेसका नेता कार्यकर्ताले राजमार्गमा चक्काजाम गरेका छन् ।

अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याएका थिए भने एमालेका कार्कीले ३७९ मत ल्याएर विजयी भएका थिए ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : २३ बजे