मन्थली विमानस्थलमा पानी पस्यो

श्रीलंकामा भिषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

कोलम्बो।  श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ ।

सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ ।राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् ।सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ ।सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : १२ बजे