तीन प्रदेशमा वर्षाको सम्भावना

हतुवागढीको अध्यक्षमा एमाले विजयी

भोजपुर।  भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का प्रेमकुमार राई विजयी हुनुभएको छ । राईले चार हजार ४२ मत प्राप्त गर्नुभयो भने उहाँका निटकतम प्रतिद्वन्द्वी गजेन्द्र कार्कीले तीन हजार ३५३ मत पाउनुभयो । 

गाउँपालिकामा उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी सुनिता किराँती तीन हजार ७०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी कमला राईले तीन हजार ७११ मत प्राप्त गर्नुभयो । 
 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : १५ बजे