तीन प्रदेशमा वर्षाको सम्भावना

महालक्ष्मी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ। ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता रहेको छ । हालसम्म प्राप्त मतपरिणामअनुसार नगर प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले एक हजार ७१ मत पाउनुभएको छ ।

 उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिव कट्टेलले एक हजार दुई मत ल्याउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी बीना सुवेदी केसीले एक हजार २७३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसकी लक्ष्मी महर्जनले एक हजार ८५ मत पाउनुभएको छ । 

उक्त नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेका  छिरिङ लामा विजयी हुनुभएको छ । हाल वडा नं ९ मा मतगणना जारी रहेको छ । वडा नं १० का मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सो वडाको गणना भएको थिएन । मतगणना सुस्त भएकाले दुई दिन वितिसक्दा पनि हालसम्म एउटा वडामा मात्रै मतगणना सकिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : १२ बजे