तीन प्रदेशमा वर्षाको सम्भावना

गौमुलमा एमाले विजयी

मार्तडी।  जिल्लाको गौमुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएको गौमुल निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा(रोकाया) विजयी भएको निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले राससलाई जानकारी दिनुभएको छ । रोकायाले तीनहजार ४३४ र उपाध्यक्ष थापा (रोकाया)ले तीनहजार १९४ मत ल्याएर विजयी भएको बताउनुभयो ।

उहाँका निकटतम  प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षका उम्मेदवार हिरेन्द्रबहादुर रोकायाले एकहजार ४७० र उपाध्यक्षका उम्मेदवार उमा रोकायाले एक हजार ७४४ मत ल्याउनुभएको थियो ।  

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १२ : ४३ बजे