आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका विजय सुवेदीले अग्रता लिनुभएको छ । 

स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याइ उहाँले अग्रता लिनुभछको  छ । उहाँलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएकी माओवादी केन्द्रकी रेणु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहनुभएको छ । 

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहनुभएको हो । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याउनुभएको छ  । आज बिहान ११ बजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार हजार  ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याउनुभएको  छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ४४ बजे