तीन प्रदेशमा वर्षाको सम्भावना

सुवास नेम्वाङको पूर्व स्वकीय सचिव खनालले जिते वडाध्यक्ष

इलाम । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनुभएको ।

पूर्व पत्रकार समेत रहनुभएका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गङ्गाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।

खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाउनुभएको थियो । 

यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लीला बहादुर राई निर्वाचित हुनुभएको छ ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ४५ बजे