आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा(माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी  एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाउनुभएको छ ।

यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाउनुभएको छ । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट काँग्रेसले विजय हासिल गरेको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठबन्धनको अग्रता छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३० बजे