आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

काठमाडौँ ।  महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।

पछिल्लो  मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको छ ।  

नेकपा (एमाले) का केशव स्थापितले दुई हजार ९९२ र नेपाली काँग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ । 

वडा नम्बर १ को मत परिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । 

केही समयभित्र वडा दुईको पनि मत परिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ०६ बजे