तीन प्रदेशमा वर्षाको सम्भावना

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमाले विजयी

रामपुर (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार  विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद  गिरीले एक हजार २५७ मत पाउनुभएको छ । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गर्नुभएको छ । 

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट  काँग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाउनुभएको छ ।

पालिकाका छ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २६ बजे