तीन प्रदेशमा वर्षाको सम्भावना

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

सार्वजनिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा  नेकपा (एमाले)का उम्मेदवार तथा  भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गर्नुभएको थियो भने प्रमुखमा काँग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गर्नुभएको थियो ।

यस गाउँपालिकाको पाँच वडामध्ये काँग्रेस तीन वडामा विजयी भएको छ भने एमालेले दुई वटा वडामा मात्र जित हात पार्न सफल भयो ।

त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिका प्रमुखमा एमालेका हिदम लामा विजयी हुनुभएको छ । आज बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा(माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तानलाई पराजित  गर्नुभएको हो । 

लामाले पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा नेकपा(एमाले)की पार्वती रानालाई पराजित गर्दै नेपाली काँग्रेसका सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गर्नुभएको हो ।  

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : १५ बजे