तीन प्रदेशमा वर्षाको सम्भावना

कञ्चनपुरको लालझाडी गाउँपालिकामा एमालेका राना विजयी

कञ्चनपुर। कञ्चनपुर जिल्लामा पहिलो पटक एउटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । 

जिल्लाको लालझाडी गाउँपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । एमालेका तर्फबाट निर्मल रानाले ४ हजार ५सय १६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मदन सेन वडायकले २हजार ८ सय ५८ मत प्राप्त गर्नुभयो त्यसैगरी उपाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार सपना चौधरी ३ हजार ५६१  मत प्राप्त गरी विजयी हुनुभएको  छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका राधा रानाले ३ हजार४९३ मत प्राप्त गर्नुभयो । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ५२ बजे