तीन प्रदेशमा वर्षाको सम्भावना

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका लामा विजयी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी हुनुभएको छ 

सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गर्नुभएको हो ।

एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी हुनुभयो । माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गर्नुभयो। लामा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो।

उपाध्यक्षमा काँग्रेसका सञ्जीव श्रेष्ठ विजयी हुनुभयो । उहाँले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गर्नुभयो । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गर्नुभयो । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ०५ बजे