तीन प्रदेशमा वर्षाको सम्भावना

अछामको ढकारी गाउँपालिका अध्यक्षमा काँग्रेसका साउँद विजयी

अछाम । अछामको ढकारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाउनुभयो।

उपाध्यक्षमा काँग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ४८ बजे