पाल्पाको पूर्व खोला गाउँपालिका र तिनाउ गाउँपालिका एमाले विजयी  

बुटवल । पाल्पा जिल्लाका दुई वटा पालिकामा एमालेले जितेको छ । पूर्व खोला गाउँपालिका र तिनाउ गाउँपालिका एमालेले जितेको हो ।

पूर्व खोला गाउँपालिका अध्यक्षमा नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ । उहाँ ६ हजार ०३९ मत ल्याई विजयी हुनुभएको हो ।

उहाँले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मीनप्रसाद गिरीलाई ४ हजार ७८२ मतान्तरले पराजित गर्नुभएको हो।  गिरीले १२ सय ५७ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा  एमालेकै भागिरथि भट्टराई ५ हजार ८९४ मतसहित विजयी ल्याइ विजयी हुनुभएको छ । दोस्रो स्थानमा रहेकी काँग्रेसकी विष्णुकुमारी आचार्यले २२ सय ५० मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी हुनुभएको हो । 

त्यस्तै, पाल्पाकै तिनाउ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । गाउँपालिकाको एमालेका प्रेम श्रेष्ठ ५  हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएका छ । ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीका रूपमा रहँदै पराजित हुनुभयो। उपाध्यक्षमा काँग्रेसका लालबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ५ हजार ८२ मत पाउनुभएको छ  । एमालेकी सावित्री राना गुरुङ ४ हजार ४६५ मत पाउनुभयो  

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म दुई वटाको मात्रै अन्तिम नतिजा आएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ४५ बजे