तीन प्रदेशमा वर्षाको सम्भावना

नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए । 

रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ४७ बजे