तीन प्रदेशमा वर्षाको सम्भावना

छ केन्द्रमा आज मतदान    

काठमाडौँ । गत वैशाख ३० गते स्थगित भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज मतदान भएको छ ।     
     
निर्वाचन आयोगका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १ केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १ केन्द्र, बझाङको जयपृथ्वी नगरपालिकाको सुनीपिपल चौर माविको २ मतदान केन्द्रमा मतदान भएको  छ ।     

सुरक्षा व्यवस्था सुदृढ पारेर सुरु गरिएको आजको मतदानमा कुनै अप्रिय घटना नभएको आयोगले जनाएको छ ।     
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ०८ बजे