तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं महानगरमा बालेन साह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि 

काठमाडौं – काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो ।

सार्वजनिक  मत परिणामअनुसार बालेन साह २८ सय २८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४ सय ३८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० पाएकी छिन् । 

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २८ सय ८४ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आठ सय २३ मत ल्याएका छन् । अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ । 

मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन् । 

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का (पाग्रों) २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र  आखिझ्यालले २९६ मत पाएका छन् । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ४९ बजे