तीन प्रदेशमा वर्षाको सम्भावना

शुक्लाफाँटामा नेकपा (माओवादी केन्द्र) को अग्रता कायमै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ । 

दुई हजार ३४८ मतगणना हँुदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, नेकपा एमालेका मोनिका भट्टले ५२० र नेपाली कांग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गर्नुभएको छ । वडा नं १ का अध्यक्षमा एमालेका उत्तरदेव भट्ट ७८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण विष्टले ५३५ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का हरिश विष्टले ३८४ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं २ को मतगणनाको कार्य सुरु गरिएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : ३९ बजे