तीन प्रदेशमा वर्षाको सम्भावना

सर्लाही : पालिकाको प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षको मत परिणाम

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा माओवादीको अग्रता देखिएको छ । माओवादीबाट नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहाले १७६८ उपप्रमुखले १६६४ मत प्राप्त गर्नुभएको छ । बलराम लोसपाका नगर प्रमुखका उम्मेदवार अभय कुमार सिंहले १४७४ र उपप्रमुख रागनी देवीले १४७३ मत प्राप्त गर्नुभएको छ । बलराम नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार कौशल किशोर सिंहले भने ११०९ र उपप्रमुखका उम्मेदवार किरण देवीवीरले १११८ मत प्राप्त गर्नुभएको छ । यस्तै ४ वटा वडा गणना गरेको बलरा नगरपालिकामा १० र ११ नं. वडा माओवादीले जितेको छ भने १ नं. वडा नेपाली कांग्रेस र २ नं. वडा नेकपा एमालेले जितेको छ ।

 

ब्रह्म्पुरी गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामपदार्थ साहले ८६५ मत, उपाध्यक्ष पदका उम्मेदवार श्यामकला देवी यादवले ९४१ मत, लोसपाको तर्फ बाट अध्यक्ष पदका उम्मेदवार विनोद साहले ४०६ उपाध्यक्ष पदका उम्मेदवार गीता देवीले ४४९ मत र माओवादी बाट अध्यक्ष पदका उम्मेदवार कृष्ण राय यादवले ३०२ मत प्राप्त गर्नुभएको छ ।

 

त्यस्तै धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार राम आश्रय साहको अग्रता कायमै रहेको छ । साहले २३३९ मत प्राप्त गरेको छ । अध्यक्ष पदमै माओवादीका उम्मेदवार फरिका महतोले ११६२ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने ९२३ मत प्राप्त गरेको छ । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अकली सहनीले २३६१ मत, माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले १०६३ मत र एमालेका उम्मेदवार रमिता कुमारी यादवले ९२० मत प्राप्त गरेकी छन ।

 

यसै गरी हरिपुर्ला नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवार विनोद साहले २०८० , जन्त समाजवादी पार्टीका उम्मेदवार योग्य नारायण रायले १३६५, मत प्राप्त गरेको छ । यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सुमन्त्रितता देवी यादवले १७१७, जन्त समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिता देवी यादवले १३५०, मत प्राप्त गरेकी छन ।

 

हरिपुर नगरपालिकामा नगर प्रमुखमा माओवादीबाट सुनिल कुमार बुढाथोकीलाई २२६६ मत, नेपाली कांग्रेसका उम्मेदवार गोपाल पंजियारले २१६३ र एकीकृत समाजवादीका उम्मेदवार जमेरुदिन मंसुरले १३१३ मत प्राप्त गर्नुभएको छ ।  त्यस्तै उप प्रमुख पदमा एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले २२६५, माओवादीका उम्मेदवार अनिता देवीले २ हजार र नेपाली कांग्रेसका उम्मेदवार निलम देवी राय यादवले १८९० मत प्राप्त गर्नुभएको छ ।

 

लामबन्दी नगरपालिका ३ नम्बरमा मेयरतर्फ भने सबैभन्दा बढी कांग्रेसका वासुदेव अधिकारीले १८३० मत प्राप्त गरेका छन् भने गठबन्धन अन्तर्गत माओवादीका प्रह्लाद बुढाथोकीले १३६७ मत मात्र पाएको छ। एमालेका गोविन्द महतले १३५० मत ल्याएका छन् ।  त्यस्तै उपमेयरतर्फ कांग्रेसकी कल्पना पाख्रिनले १७४४, एमालेकी सन्सरी माया थिङले १४३७, मत मात्र पाएका छन् ।

 

हरिवन मेयरतर्फ भने एमालेका गणेश प्रसाद प्रसाईँले २१३२, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले १०४२, माओवादी केन्द्रका कमल बुढाथोकीले १०१० मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी हरिमाया घलानले २२०३, कांग्रेसकी सोनी कुमारी बमजनले १४५१, माओवादीकी पद्मा मोक्तानले ८७७ मत प्राप्त गरेकी छिन् ।

 

यसै गरी मलंगवा नगरपालिकामा मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायले २४०२, जसपाका निरसल साहले १२९९ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी शकुन्तला देवीले १४०३, जसपाकी पानो देवीले१९५६ मत प्राप्त गरेकी छिन् ।

 

बसवरीया गाउँपालिकामा अध्यक्ष पदमा  जसपाका उम्मेदवार राम सिंहासन रायले १०४४ मत, जसपाका उपाध्यक्ष उम्मेदवार सरिता कुमारी साहले ९४२ मत र एमालेका अध्यक्ष पदका उम्मेदवार राम विश्वास रायले ३६९ उपाध्यक्ष उम्मेदवार राम्री यादवले ३३१ मत प्राप्त गरेकी छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ४ : १३ बजे