दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धन विजयी भएको छ । नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दलजीत सिंह धामी विजयी हुनुभएको छ ।
धामी ३ हजार ५ सय ८९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम सिंह धामी ३ हजार १ सय ९१ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका जगत ठगुन्ना ३ हजार ७ सय ६७ मत सहित विजयी भएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी गौरी देवी ठगुन्ना २ हजार ८ सय ६७ मत प्राप्त गरेकी छन् । ६ वडा रहेको गाउँपालिकामा वडा नम्बर २, ४र ५ नेकपा एमाले तथा १,३ र ६ गठबन्धनका उम्मेदवार विजयी भएको नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अध्यक्षका निकटतम प्रतिस्पर्धी धामी निवर्तमान नौगाड गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले दार्चुलाका अध्यक्ष समेत हुन । अध्यक्षका दुवै जना उम्मेदवार २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी हुन ।
प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार ४ : ०८ बजे
प्रतिक्रिया