तीन प्रदेशमा वर्षाको सम्भावना

जुम्लाको कनकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवार विजयी

जुम्ला । कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यान लै विजयी भएको हो  । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका थिए ।

धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन्  । उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित भएका छन् । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छिन् । 

 दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन् । कनकासुन्दरी-८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका  छन् ।
एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : १२ बजे