ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ।  ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । 

मतपरिणामअनुसार हालसम्म एक हजार चार सय मत गणना भएको छ ।  कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाउनुभएको छ । 

 महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाउनुभएको छ । उपप्रमुखमा  एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांगे्रसबाट लक्ष्मी महर्जनले ३३८ मत पाउनुभएको छ । 

महालक्ष्मी –१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गर्नुभएको जनाइएको छ । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ०८ बजे