बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

कलैया। निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई  वडाध्यक्ष पदमा विजयी हुनुभएको हो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित हुनुभएको थियो । 

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा (एमाले) र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् । 
 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : ०५ बजे