मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा एमालेको प्यानल विजयी

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मोक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

१ नम्बर वडामा मोक्तानले ४६३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गर्नुभएको छ  । 

त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पूर्ण बहादुर मोक्तान, भीम बहादुर मोक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा विजयी हुनुभएको छ  ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : २६ बजे