धनुषाको तीन वडाध्यक्षमा काँग्रेस विजयी

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गर्नुभयो । 

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा काँग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

त्यस्तै, धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि  काँग्रेसका मिथिलेश साह निर्वाचित हुनुभएको छ ।  जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा भने नेकपा ९एकीकृत समाजवादी०का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित हुनुभएको छ । 

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडा सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित हुनुभएको छ । 

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
​​​​​​​जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राख्नुभएको छ ।

उहाँले ८६९ मतका साथ अग्रता कायम राख्नुभएको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गर्नुभएको छ । 

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।रासस 

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ४३ बजे