दमकमा एमालेको विजयी सुरुवात

झापा । एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ । 

एमाले अध्यक्ष केपी ओलीको गृह नगरमा एमालेले विजयी सुरुवात गरेको हो ।

दमक–१ को वडाध्यक्षमा नेकपा एमाले एमालेका हरि न्यौपानेसहित प्यानल नै विजयी भएको छ । न्यौपानेले  १ हजार ६८६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गर्नुभयो । 

यहाँ एमालेविरुद्ध राप्रपा, काँग्रेस र माओवादीको गठबन्धन छ ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ । एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाउनुभएको छ। गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याउनुभएको छ ।  

गठबन्धनका तर्फबाट उपप्रमुखमा काङ्ग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याउनुभएको छ । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ०६ बजे