रसुवाको गोसाईंकुण्ड गाउँपालिका १ मा एमाले प्यानल नै विजयी

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका १ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । 

नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३ सय ९५ मत ल्याइ विजयी हुनुभयो।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्मा तामाङले ३ सय ६५ मत ल्याउनुभयो। 

रसुवाको गोसाईंकुण्ड गाउँपालिका १ को वडा सदस्यमा दिलमान तामाङ, कैसाङ तामाङ र महिला सदस्यमा कार्मु तामाङनी विजयी हुनुभएको छ  । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ५८ बजे