काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले १५ सय ७५ मत पाउनुभएको छ ।
उहाँलाई नेकपा एमालेका केशव स्थापितले ९ सय ८५ मतसहित पछ्याइरहनुभएको छ । नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत पाउनुभएको छ ।
मतगणना जारी छ ।
प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार ७ : १५ बजे
प्रतिक्रिया