धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउनुभएको छ ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार काँग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाउनुभएको छ ।

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाउनुभएको छ । अहिले धनगढी–१ को मतगणना भइरहेको छ ।  

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ०९ बजे