काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । 

स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज रोशी गाउँपालिका वडा नम्बर १ को २०० मत गणना  हुँदा  अध्यक्षमा  नेकपा(एमाले)का उम्मेदवार देव सागर लामाले एमालेले ९८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दिनेश लामाले ७७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि एमाले कै उम्मेदवार बबिता बोहोराले ११०  मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मिम बहादुर लामा (ज्वाला)ले ३८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी, वडा अध्यक्षमा पनि एमालेकै अग्रता रहेको छ । जसमा एमाले ९८ मत र काँग्रेसले ७७ प्राप्त गरेका छन्  ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३३ बजे