काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै

काठमाडौं – काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवार उठेका बालेन साहकोले आफ्नो अग्रता कायम राखेका छन् ।हालसम्म ६८० मतपत्र गणना गर्दा स्वतन्त्र उम्मेदवार साहले २१६ मत ल्याएर अग्रता कायम राखेका हुन्। 

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १७९ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले १४१ मत ल्याएकी छिन् । 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ३८ बजे