इलाम नगरपालिका १ को अध्यक्षमा कांग्रेसका बस्नेत निर्वाचित

इलाम – इलाम नगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार अम्बिका गौतमलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बस्नेतले ११ सय ८१ मत पाएका छन् । गौतमले एक हजार २२ मत प्राप्त गरेका छन् । गौतम यसअघि नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् ।

यस्तै, एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ५९ बजे