चाँगुनारायण नगरपालिकामा एमालेको अग्रता

भादगाउँ । चाँगुनारायण नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । 

मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गर्नुभएको छ । 

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गर्नुभएको छ । 

चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो । 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ०८ बजे