ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ ।
बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो ।
महानगरको प्रमुखमा नेपाली काङ्ग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।
उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार हुनुहुन्छ ।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२ : ४३ बजे
प्रतिक्रिया