काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको प्रारम्भिक अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ः०० बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ । 

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्नुभएको छ । 

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ । 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ३७ बजे