हालसम्म ८ स्थानीय तहको प्रमुखका नतिजा आयो, एमालेको अग्रता (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको नतिजा सार्वजनिक भएको छ ।

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै, नेपाली कांग्रेसले दुई स्थानीय तहमा प्रमुख जितेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तहः
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४.घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहः
१. नार्पाभूमी – मनाङ
२.घरपोझोङ – मुस्ताङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तहः
१.काइके गाउँपालिका – डोल्पा
२.छार्का साङतोङ गाउँपालिका – डोल्पा

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ३० बजे