सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–३ चार घरेमा शुक्रवार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल शुक्रवार साँझ सवा ५ः०० बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । 

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ०३ बजे