जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गर्नुभएको छ । 

७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गर्नुभएको छ  । साहलाई नेकपा एमालेका शिवशङ्कर साह हिराले पछ्याइरहनुभएको छ  । हिराले ९५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार बलराम महतोले ५३ र लोसपाका मनोज कुमार चौधरीले ४१ मत प्राप्त गर्नुभएको छ । 

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ४९ बजे