बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता, वडा अध्यक्ष विजयी

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को मतगणनामा सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ३८ बजे