एमाले प्रमुख सचेतक भट्टराईकाे दाबी – निर्वाचनकाे परिणाम सुखद् आउनेछ

काठमाडाै‌ं – नेकपा एमालेका  प्रमुख सचेतक  विशाल भट्टराईले दसाै‌ं पटक मतदान गर्नुभएको छ । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खाेटाङ पुगेर भट्टराईले मतदान गर्नुभएको हो । उक्त विद्यालयमा उहाँले अध्ययन पनि गर्नुभएको थियो । 

मतदानपछि उहाँले भन्नुभयो 'गणतन्त्र प्राप्तिपछिको दोस्राे स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।'

मतदान गरेकाे १० ‌‌औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेकाे र तीन पटक भने हारेकाे भट्टराईले बताए । उनले यस पटक निर्वाचनकाे परिणाम सुखद् आउने पनि दाबी गरे । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३३ बजे