एमालेको नगर प्रमुखकी उम्मेदवार माथि गठबन्धनद्वारा दुर्व्यवहारको प्रयास

काठमाडौँ –  दमकमा गठबन्धनले परिचालित गरेका भिजिलान्तेहरुद्धारा नगर प्रमुख उम्मेदवार गीता अधिकारीमाथि दुर्व्यवहारको प्रयास गरेका छन् ।

दमक, झापा दमक नगरपालिकाकी उपप्रमुख तथा नेकपा एमाले नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीमाथि  गठबन्धनले परिचालित गरेका भिजिलान्तेहरुद्धारा दुर्व्यवहारको प्रयास गरेका हुन् । बिरामी हेर्नका लागि गएकी अधिकारीलाई भिजिलान्तेहरुको एक समूहले किन आएको ? किन बिरामी हेर्नु पर्‍यो ? भन्दै घेराबन्दी गरेर  दुर्व्यवहार  गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा हालिएको छ । आफ्नै भाइ देवरको साथमा अधिकारी बिरामी हेर्न दमक ४ को एक घरमा दिउसो गएकी हुन् । बिरामी आफ्नै चालकको दिदी हुन् । 

बिरामी भएको मानिसलाई हेर्न उम्मेदवारले नपाउने ? भनेर आसपासका मानिसहरूले भन्दा भिडियो खिच्नेले एकोहोरो दुर्व्यवहार गर्ने आशय प्रकट गरेको देखिन्छ । गठबन्धनले निर्वाचन नजित्ने अवस्थादेखि पछी यस प्रकारको हरकत गर्न भिजिलान्तेहरु प्रयोग गरेको बताइन्छ ।

गठबन्धनका उम्मेद्वारहरु रातको १२ बजेसम्म सुकुम्वासी बस्तीमा कार्यक्रम गर्दै हिँडेका थिए । सुकुम्वासी आयोगका अध्यक्ष लगेर तत्कालै धनिपुर्जा दिने भनेर आश्वासन बाँड्ने काम गर्दै आएका छन् । रातको अनिदो र धपेडीका कारण गठबन्धनका नगर प्रमुखका उम्मेदवार राम थापा गम्भीर बिरामी नै परेको समाचारहरू प्रकाशनमा आएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ६ : १५ बजे