हनुमान ढोकाको दसैँघरमा फूलपाती

अध्यक्ष ओलीले बालकोटको ‘महेन्द्र शान्ति मावि’ बाट मतदान गर्नुहुने

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बालकोटको 'महेन्द्र शान्ति मावि' बाट मतदान गर्ने हुनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटको श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान स्थलबाट मतदान गर्न लाग्नुभएको हो ।

महेन्द्र शान्ति विद्यालयमा ३ मतदान केन्द्र रहेका छन् जसमा ३ हजार ५६ जना मतदाताहरू रहेका छन् । 

निर्वाचन आयोगको मतदाता नामावली अनुसार अध्यक्ष ओलीको क्रम सङ्ख्या ४८५ छ भने उमेर ७० वर्ष उल्लेख गरिएको छ । अध्यक्ष ओलीले   (क) केन्द्रबाट मतदान गर्नु हुनेछ ।

अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने छ ।  मतदाता नामावली अनुसार शाक्यको क्रम सङ्ख्या १८८९ र उमेर ६२ वर्ष उल्लेख गरिएको छ । शाक्यले  (ख) केन्द्रबाट मतदान गर्नु हुनेछ  ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ४ : ११ बजे