प्रहरीको संलग्नतामा एमालेका मेयर उम्मेदवारमाथि साङ्घातिक हमला

काठमाडौँ – ​​​​​​​नेकपा एमालेबाट मेयर पदका उम्मेदवार माथि प्रहरीकै संलग्नतामा साङ्घातिक हमला भएको छ ।

​​​​​​​रौतहटको ईशनाथ नगरपालिकाका मेयर पदका उम्मेदवार सन्तोष मेहतालाई नेपाली कांग्रेस लगायत गठबन्धनमा संलग्न पार्टीहरूले गृह प्रशासन समेत संलग्न गराई साङ्घातिक हमला गरेको हो ।

नेपाल प्रहरीका असई सञ्जय कुर्मीले रौतहटको मेयर पदका उम्मेदवार मेहतालाई फोन गरेर पल्टुवा बजारमा बोलाइ गाडीको साँचो  खोसेर नेपाली कांग्रेसका नेत्री अन्जु झा सहितका झन्डै दुई सय जनाको समूहले ज्यान मार्ने उद्देश्यका साथ साङ्घातिक हमला गरेको थियो ।  

साङ्घातिक हमला परी मेयर पदका उम्मेदवार मेहता  सहित दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ३ : २६ बजे