हनुमान ढोकाको दसैँघरमा फूलपाती

अध्यक्ष ओलीको अपिल– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गर्नुभएको छ । 

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भन्नुभएको छ । 

उहाँले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन पनि अनुरोध गर्नुभएको छ  । 

‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रक्रियामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन्भन्नुभएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १ : २३ बजे