जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ मा पहिलो उडान गर्ने

काठमाडौँ । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरु गर्ने भएको छ ।

जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । 

बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो ।

आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । जजिरा एयरवेजले सातामा तीन उडान गर्ने भएको छ ।

भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्ने गरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मङ्गलवार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधवार र शुक्रवार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ०४ बजे