मतदातालाई पैसा बाँड्ने माओवादी कार्यकर्ता पक्राउ

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिराहामा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेका प्रेमकुमार लामा सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् । पैसा बाँडिरहेको अवस्थामा स्थानीयले उनलाई पक्राउ गरेर   प्रहरीको जिम्मा लगाएका थिए । उनको साथबाट नौ हजार रुपैयाँ बरामद भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ४२ बजे