सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ  ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ  र डडेलधुरामा भूकम्पको  महसुस गरिएको छ । 

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । यसअघि यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो  । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ११ बजे