हनुमान ढोकाको दसैँघरमा फूलपाती

मतगणना नहुँदासम्म मतपत्र आफ्नो आँखाबाट ओझेल पर्न नदिनु, कब्जा गर्न सक्छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमाले मय भइसकेको भन्दै अब एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभयो । आज काठमाडौंमा आयोजिक चुनावी सभालाई सम्बोधन गनुृहुँदै अध्यक्ष ओलीले निर्वाचनमा हुन सक्ने धाँदलीप्रति सबै चनाखो हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसरी भए पनि कव्जा गरेर भए पनि जित्नुपर्ने अभियानमा छन्। त्यसको सामना गर्नुपर्छ। मतपत्र हाम्रो आँखाबाट ओझेल पर्न दिनुहुँदैन।’ एमालेले कही पनि धाधली नगर्ने अध्यक्ष ओलीको भनाइ थियो। अध्यक्ष ओलीले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले अत्यधिक मतका साथ विजयी हुने बताउनुभएको छ ।  

काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले चुनावमा एमाले काठमाडौं महानगरसहित देशभर विजयी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस लगायतले निर्वाचनमा ठक्कर खानुपर्छ। नसोचेको पराजय भोग्नुपर्ने छ। उहाँहरुको काला कर्तुतबारे जनताले देखेका छन्।’

एमालेको जित अनिवार्य पनि छ। यो व्यक्ति व्यक्तिहरुका बीचको मात्रै लडाइँ होइन। देश कता जाने, कुन बाटोमा जाने, राष्ट्रियता, स्वाधीनता जोगाउने कि नजोगाउने भन्ने लडाइँ हो’ ओलीले भन्नुभयो । 
कांग्रेसलगायतले अदालतबाट प्रधानमन्त्रीको नियुक्ति पत्र ल्याएको उहाँले बताउनुभयो। ओलीले भन्नुभयो, ‘काठमाडौंलाई स्वच्छ, हराबरा, विकसित, आधुनिक बनाउन आवश्यक छ। खानेपानी, वातावरणको संरक्षण गर्नेछौं। काठमाडौंमा पानी ल्याउन सकेका छैनन्, हामीले ल्याएका हौं। त्यसका लागि स्थापित र डंगोललाई जिताउनुपर्छ।’

एमालेको पक्षमा देशभर मतको स्थिती सुदृढ रहेको र त्यसको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ३१ बजे